काभा भलिबल च्याम्पियनशिपमा नेपालको लगातार चौथो हार

Thankot Times

थानकोट ।

पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।

आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भयो । बङ्गलादेशले दोस्रो सेट २५–१९, चौथो सेट २५–२३ र पाँचौँ सेट १५–११ ले जित्यो । नेपालले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले जित्यो ।

योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजाेर बनेकाे छ । यसअघि नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ र तेस्रो खेलमा पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्वेकिस्तानसँग खेल्नेछ ।

६ वटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । काभा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार साउन १३ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ