विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग खेल्दै
थानकोट ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे शुरु हुनेछ ।
नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।
पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।
हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।
नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय बेहोरेको थियो ।
नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो ।
त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन् ।










