आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२: नेपालको लगातार तेस्रो हार, नामिबिया ३ रनले विजयी

Thankot Times

थानकोट ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको हो ।

नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै, आरिफ शेखले अविजित ३८ रन तथा कुशल भुर्तेलले ३४ रन बनाए ।

अन्तिम ओभरसम्म पुगेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन । नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो ।

नामिबियाका जान फ्रिलिङ्कले १४९ बलमा १०० रनको शतकीय इनिङ्स खेले भने लाउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए ।

नेपालका करण केसी उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ