सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर रु. दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु. दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।










