नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक आह्वान गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बोलाइएको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, तराई-मधेस क्षेत्रमा देखिएका घटनाक्रम तथा प्रदेश सरकार गठनसँग सम्बन्धित विषयमा छलफल हुने छ।

बैठकमा प्रदेश तहमा नेकपा एमालेसँग सत्ता सहकार्यका लागि भएको तीनबुँदे सहमतिका विषयमा समेत समीक्षा हुने जनाइएको छ।

समसामयिक राजनीतिक परिस्थितिका आधारमा पार्टीको आगामी रणनीति र समन्वयका विषयमा पनि छलफल हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ