नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।

कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको हो।

महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस-अबको विकल्प’ तय गरिएको छ।

यस्तै, सार्वजनिक गरिएको लोगोमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *