राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।










