नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएकाे छ ।

मूल्य बढेसँगै आज सुन ताेलामा दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर चार हजार ५८० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *