ग्लोबल आइएमई बैंककाे ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ सञ्चालनमा

Thankot Times

थानकोट ।

ग्लोबल आइएमई बैंकले प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युवापुस्तालाई लक्षित गरेर नयाँ ‘ग्लोबल नेक्स्ट जेन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

अब बैंक खाता खोल्नका लागि बैंकका शाखा कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बैंकले घरैबाट सहजै खाता खोल्न सकिने व्यवस्था मिलाएको हो।

नेपाल सरकारद्वारा जारी गरिएको नेशनल आइडी (राष्ट्रिय परिचयपत्र) वा राहदानी (पासपोर्ट) भएका जोकोही युवाले पनि बैंकमा नगईकनै आफ्नो मोबाइल वा कम्प्युटरको प्रयोग गरी सजिलै यो खाता खोल्न सक्नेछन्। खाता खोल्नका लागि अनलाइन आवेदन दिएलगत्तै ग्राहकको खाता तत्काल सक्रिय भई सञ्चालनमा आउने बैंकले जनाएको छ।

खाता खोलिसकेपछि ग्राहकले घरमै बसेर ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ सेवा समेत प्रयोग गर्न सक्नेछन्।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यस खाताअन्तर्गत पहिलो वर्षको लागि मोबाइल बैंकिङ सेवा पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराउने भएको छ।

शून्य न्यूनतम मौज्दातमा नै खोल्न सकिने यस खातामा बैंकले आकर्षक ब्याजदरसमेत प्रदान गर्ने जनाएको छ। आधुनिक प्रविधि र सहज सेवा चाहने युवाहरूका लागि यो खाता अत्यन्तै उपयोगी र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *