चन्द्रागिरि केबलकार बिहानैदेखि रोकिएको छ नि, देख्नु’भो ? यस्तो छ ‘गुह्य कारण’

Thankot Times

थानकोट ।

नेपालको दोश्रो र काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकारले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न केबलकार प्रणालीमा निरन्तर निगरानी तथा मर्मत संभारलाई प्राथमिकता दिइरहेको छ ।

चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्धित थानकोटस्थित चन्द्रागिरि केबलकारको मर्मतका लागि कम्पनीले पूर्व तालिका प्रकाशन गरेरै मर्मतको कार्य सञ्चालन गर्ने गरेको छ ।

यसअघि गत सप्ताहन्तमा पनि केबलकार सेवा मर्मत तालिका प्रकाशन गरेको चन्द्रागिरि हिल्सले हिजो मंगलबार (साउन २६), आज बुधबार र भोलि बिहीबारका लागि केबलकार मर्मतको कार्य जारी रहने बताएको छ ।

केबलकार मर्मत संभार कार्य जारी रहँदा यसको सेवा लिने समयमा सामान्य रुपमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

जसअनुसार यसअघि बिहान ८ बजेदेखि नै खुला हुने केबलकार सेवा यी तीन दिन बिहान १० बजेपछि मात्रै सुचारु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *