आज सुनचाँदीको भाउ सामान्य घटबढ
थानकोट ।
आज सुनचाँदीको भाउमा सामान्य घटबढ भएको छ ।
सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो ।
आज चाँदी ५ रुपैयाँले बढेको छ ।
आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।










