कलङ्कीबाट खैरो हेरोइनसहित बलम्बुका एकजना युवक समातिए
थानकोट ।
काठमाडौँ महानगरपालिका-१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बलम्बु घर भएका २५ वर्षीय युवा रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आरोपीको साथबाट २ ग्राम ४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेश सिंहले जानकारी दिए ।
आरोपीले खैरो हेरोइन ओसारपसारमा प्रयोग गर्दै आएको स्कुटर र एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।











