टप एन्ड टी-२० श्रृंखलाः नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै
थानकोट ।
अष्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल आज नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार डार्बिनमा दिउँसो सवा २ बजे शुरु हुनेछ ।
प्रतियोगीतामा सहभागी हुन १५ सदस्यीय नेपाली टोलि भदौ १ गते नै त्यसतर्फ गएको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्दैछन् ।
नेपालले भोलि बङ्गलादेशको हाई पर्फर्मेन्ससँग, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ सँग खेल्ने तालिका छ ।
क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ टोलीले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ ।
नेपाली टोलीमा अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहेका छन् ।











