बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाले सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार सांसद अनुपस्थित भएपछि रोकिएको थियो । त्यसपछि थापाले आज विश्वासको मत लिन लागेका हुन् ।

थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको थियो । तर, नेकपाका चार सांसद सभामा अनुपस्थित भएपछि बैठक राति ८ बजेका लागि सारिएको थियो ।

८ बजेसम्म पनि सांसदहरू नआएपछि बैठक स्थगित गरिएको थियो ।

नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही सांसदको समर्थन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *