भोलि शनिबार चन्द्रागिरिका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि ७ घण्टा बिजुली अवरुद्ध हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा भोलि (भदाै २०) शनिबार लगातार ७ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार सतुङ्गल फिडरअन्तर्गत बाैथली चोकदेखि जनविकास माविसम्म हाइटेन्सन तारको स्तरोन्नति गर्ने कार्यका लागि उक्त फिडर सटडाउन हुनेछ । सोही समय भूमिगत विद्यतीय लाइनमा समेत कार्य हुनेछ ।

जसका कारण विष्णुदेवी शिक्षा सदन मावि क्षेत्र, धाैलागिरि आवास क्षेत्र, हुवाइ इटा उद्योग, बोसिगाउँ, सतुङ्गल वडा कार्यालय,  लंकोट, ढाक्सी, श्री डिस्ट्रीलिरी, सशस्त्र प्रहरी एकेडेमी, बैकुण्ठनाथ धाम, टाखेल चाैर, बाँझाचाैर मातातिर्थ कुण्ड, अरविन्द योग मन्दिर, गुम्बा स्कुल लगायतका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।

साथै पूर्वनिर्धारित उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ