सतुङ्गलमा एक पुरुष मृत भेटिए, सनाखत हुन बाँकी
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सिप्रदी अगाडि एक पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।














