सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घट्दै ४ हजार ७७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *