पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई बिक्री गरिने मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२.४० र डिजेलमा प्रति लिटर रु ४.६८ ले वृद्धि भएर आएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव आइरहेको छ । तथापि, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो । यो निर्णय २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) देखि लागू भएको छ ।

मूल्य समायोजन नगर्दा आयल निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ, पोखरा र दिपालय लगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रति लिटर २०० रुपैयाँमै बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ कायम रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *