नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुनको भाउ प्रति तोला ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
प्रतितोला २० रुपैयाँले घटेर आज चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको भाउ प्रति तोला ४ हजार ६२० रुपैयाँ कायम भएको थियो ।














