नागढुङ्गा नाकाबाट २ जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार १ सय २० ट्याब्लेट सहित उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रूबिन सुनार र सन्तोष तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
फाइल फोटो














