विपिन आचार्यको नेतृत्वमा रास्वपाको उम्मेदवार छनोट समिति गठन

Thankot Times

थानकोट ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ ।

पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन् ।

सबै प्रदेशलाई समावेश गर्नेगरी समिति बनाइएको प्रवक्ता खरेलले बताए । उक्त समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सभापति रहने व्यवस्था रहेको पनि उनले बताए ।

अन्य केही सदस्य मनोनयन हुन बाँकी रहेको खरेलले बैठकपछि जानकारी गराएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ