नेपाली काँग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित
थानकोट ।
नेपाली काँग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।
१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।
कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ ।














