काँग्रेस देउवा पक्षको काठमाडाैं क्षेत्र नं. १० सभापतिमा विष्णुमान मानन्धर, प्रदेश ख मा विकास श्रेष्ठ
थानकोट ।
नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षको काठमाडाैं क्षेत्र नं. १० को सभापतिमा विष्णुमान मानन्धर चयन भएका छन् ।
सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनले मानन्धरको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको हो ।
यस्तै, काठमाडाैं क्षेत्र नं. १० प्रदेश क को सभापतिमा रामकुमार केसी र ख को सभापतिमा विकास श्रेष्ठ चयन भएका छन् ।
चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरमा अधिवेशन सम्पन्न भएपश्चान आज सोमबार क्षेत्रीय तथा प्रदेश अधिवेशनसम्पन्न भएको हो ।
चन्द्रागिरि वडा २ देखी ११ सम्मका १० वडा, कीर्तिपुर र दक्षिणकालीका सबै क्षेत्र काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत पर्दछन् ।
नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षको १५औं नियमित महाधिवेशनले चन्द्रागिरि नगर सभापतिमा श्रीकृष्ण खत्री, कीर्तिपुर नगर सभापतिमा मीनप्रसाद महर्जन र दक्षिणकाली नगर सभापतिमा सरोज केसी चयन गरेको थियो ।














