नेपाली बजारमा सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घटेको छ ।

आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हाे ।

यसअघि अस्ति सोमबार २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ४ सय रुपैयाँमा तथा हिजो २ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ ।

महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ३५५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ