बडादशैँको सातौँ दिन आज फूलपाती, थानकोटमा साँझ फूलपाती भित्र्याउने तयारी

Thankot Times

थानकोट ।

नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइन्छ ।

नवरात्रको पहिलो दिन गएको आइतबार २५ गते दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

यसैबीच थानकोटमा आज साँझ फूलपाती भित्र्याउने तयारी गरिएको छ । फूलपातीका दिन हरेक वर्ष दहचोकस्थित कोतघरबाट थानकोट कोतघरमा फूलपाती भित्र्याउने परम्परा छ । सो क्रममा स्थानीय जनप्रतिनिधिहरूको अनिवार्य उपस्थिति रहने परम्परा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ