वर्षाका कारण आज स्थगित थानकोट-चित्लाङ क्रश कन्ट्री दाैड कार्तिक २८ मा हुने

Thankot Times

थानकोट ।

बैकुण्ठ मानन्धर खेल नेपालको आयोजनामा आज शनिबार सञ्चालनको तयारी भएको थानकोट देखि चित्लाङसम्मको १० माइल क्रश कन्ट्री दाैड प्रतियोगिता खराब माैसमका कारण स्थगित भएको छ ।

गत असोज १७ गतेका लागि तय भएको प्रतियोगिता प्रतिकुल माैसमका कारण आज कार्तिक १४ गतेका लागि सारिएको थियो ।

बिहिबारदेखि माैमस प्रतिकुल हुँदा यस प्रतियोगिता पनि अन्तिम समयमा स्थगित गर्न परेको प्रतियोगिता संयोजक बाबुराजा श्रेष्ठको भनाइ छ ।

दाैड मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङ पुगेर समापन हुने तालिका रहेको थियो ।

प्रतियोगिताका लागि शनिबार बिहान थानकोट कोतघरमा सहभागी धावकहरू भेला भइसकेको अवस्थामा भारी वर्षा भएपछि दाैड स्थगित गर्ने निर्णय गरिएको हो । अब प्रतियोगिता कार्तिक २८ गते शनिबारका लाग सारिएको छ ।

प्रतियोगितामा १७० जनाले सहभागिता जनाउन नाम टिपाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *