मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय युवाको ज्यान गयो
थानकोट ।
बर्दियामा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बढैयाताल गाउँपालिका–८ शितलाबजारमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किदा बाँके कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको मृत्यु भएको हो ।
सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो । बाँके कोहलपुर नगरपालिका–९ का २० वर्षीय दिक्षित श्रेष्ठले चलाएको मोटरसाइकलको पछाडि थापा सवार थिए ।
मोटरसाइकल पोलमा ठोक्किएर दुवै जना गम्भीर घाइते भएका थिए । यहाँ दुवै जनाको उपचार सम्भव नहुँदा भारतको लखनउ लगिएको थियो । उपचारको क्रममा थापाको सोमबार बिहान ७ बजे मृत्यु भएको र चालक श्रेष्ठको लखनउस्थित अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए ।











