आज बुधबार दिनभरको माैसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका पाँच प्रदेशमा आज दिउँसो आंशिक बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।











