प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे नियुक्तिपत्र

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्तिपत्र बुझे पनि तिहार र छठ पर्वका कारण लामो बिदा परेकाले कार्यालयमा हाजिर भएका छैनन् । उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्ष स्थापना गरिएको छ ।

मुलुकको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो ।

गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैबीच, कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *