बागमती प्रदेश सभाको बैठक स्थगित

Thankot Times

थानकोट, फागुन १६ गते ।

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आइतबार दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले फागुन १६ गते सोमबारका लागि बैठक आह्वान गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *