बैशाख ३० हुने स्थानीय चुनावका लागि ८० दलले दिए आयोगमा निवेदन

Thankot Times

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो।

आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका छन्। संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ।

दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *