साफ यू १८ महिला च्याम्पियनसिप: नेपाल सबै ४ खेलमा पराजित

Thankot Times

थानकोट, चैत्र १० ।

साफ यू १८ महिला च्याम्पियनसिपमा नेपालले चौथो खेलमा पनि पराजय ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा बंगलादेशसँग २-१ गोलअन्तरले पराजय ब्यहोरेसँगै नेपाली टोलीले प्रतियोगितामा जितविहीन बनेको हो।

बुधबार सम्पन्न खेलमा अमिसा कार्कीले खेलको चौथो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफमा भने सम्हालिन सकेन। खेलको ६८ औं मिनेटमा बंगलादेशकी कप्तान शामसुन्नहरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्। त्यस्तै शाहदा अख्तर रिपाले ८४ औं मिनेटमा गोल गर्दा बंगलादेशले पुनरागमन गर्दै २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा भारतसँग ५-१ गोलअन्तरले पराजित हुँदा चौथो खेलमा आज बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो। यो सँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *