सर्वसाधारण आफ्नो बनाउन दलहरूलाई भ्याई नभ्याई

Thankot Times

थानकोट, चैत्र १० ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा चन्द्रागिरि नगरका राजनीतिक दलहरू नागरिकहरूलाई आफ्नो पार्टीमा समावेश गर्न हानाथाप गर्न थालेका छन् । टोल कमिटी, सेल कमिटी, आर्थिक कमिटी लगायतका नाम दिँदै दलका प्रतिनिधिहरू आफ्नो दलमा नागरिकहरूको भीड देखाउन लागि परेका हुन । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, राप्रपा लगायतका दल अहिले चन्द्रागिरि नगरका सबै टोलमा आफ्नो उपस्थिति देखाउन व्यस्त देखिन्छन् ।

बिहीबार बिहान चन्द्रागिरि ११ मा नेपाली काँग्रेसले टोल कार्य समिति गठन गरिरहँदा चन्द्रागिरि ८ मातातीर्थमा नेकपा एमाले टोल कमिटी गठन गर्न व्यस्त देखिन्थ्यो । त्यस्तै बुधबार साँझ चन्द्रागिरि ०६ चेकपोष्टमा नेपाली काँग्रसले आफ्नो पार्टी प्रवेश गर्ने सर्वसाधारणलई स्वागत गरिरहँदा सोही समय चन्द्रागिरि ७ मा सर्वसाधारणलाई आफ्नो पार्टीमा स्वागत गर्न नेकपा एमालेका स्थानीय प्रतिनिधिलाई भ्याई नभ्याई देखिन्थ्यो । त्यस्तै मंगलबार राप्रपा नेपालले चन्द्रागिरि ७ मै टोल कमिटी गठन गरेको थियो । चन्द्रागिरि २ माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गत साता टोल कमिटी गठन गरिसकेको बताइएको छ ।

तस्बिरहरू सामाजिक सञ्जालबाट । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *