चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

Thankot Times

थानकोट, चैत्र ११ ।

नेकपा एमालेले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ।

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको हो।

‘चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्न भनेका छौं,’ केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘एक महिलासहित तीन जना सम्भावित उम्मेदवार सिफारिस गर्नुपर्नेछ।’

एमालेले उम्मेदवार चयन मापदण्डसमेत बनाएको छ। पार्टीमा काम गरेको र लोकप्रियलाई उम्मेदवार बनाउने तयारी एमालेको छ। उम्मेदवार तय गर्दा सन्तुलन र समावेशीतालाई ध्यान दिइने उनले बताए।

एमालेले उपमहानगर र महानगरका उम्मेदवार भने केन्द्रबाट नै टुंग्याउने भएको छ। गाउँ/नगरका उम्मेदवार भने प्रदेश कमिटीबाट टुंग्याउने तयारी एमालेको छ। वडाको उम्मेदवार भने तल्लो कमिटीको सिफारिसका आधारमा जिल्लाबाट टुंगिनेछ।

एमालेले केही विभागहरू गठन गरेको छ भने बाँकी विभाग गठन सचिवालयले गर्न सक्ने गरी अधिकार दिएको छ।

प्रदेश र जिल्लाबाट विभाग संख्या वृद्धि गर्न माग आएकोले २९ विभागसम्म गठन गर्न सक्ने अधिकार दिइएको छ। एमाले केन्द्रमा ३२ विभाग छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *