उपत्यकाव्यापी कुङफु प्रतियोगितामा थानकोट दोश्रो

Thankot Times

थानकोट, चैत्र १४ ।

नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा बूढानीलकण्ठ कुङफु शाखा च्याम्पियन भएको छ । बूढानीलकण्ठले सर्वाधिक १३ स्वर्ण हात पार्यो ।

नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो । दक्षिणकालीले ५ स्वर्ण, १ रजत र २ कांस्य हात पार्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, आयोजकका अध्यक्ष श्रीकृष्ण मानन्धर र प्रशिक्षक शंकर बलामी, इन्टरनेसनल मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए ।

दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा भएको एकदिने प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडी सहभागी थिए । सान्डा र थाउलोमा गरी जम्मा ३४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *