थप २५ जनालाई कोरोना

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो  २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार २५ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो।  अहिले देशभर १ हजार ८१ जना सक्रिय संक्रमित छन्।

८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *