कक्षा ८ को परीक्षा समय परिवर्तन

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रभित्रका विद्यालयमा सञ्चालन हुने आधारभूत तह (कक्षा ८) को परीक्षाको समय परिवर्तन गरिएको छ । नगर परीक्षा समितिको चैत्र १६ गतेको बैठकको निर्णयानुसार यसअघि दिनको १२ः३० बजे परीक्षा सुरू हुने निर्णय भएकोमा अब पूर्वनिर्धारित मितिकै प्रत्येक दिन बिहान १० बजेबाट परीक्षा सञ्चालन हुने नगर शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । 

चन्द्रागिरि नगरमा कक्षा ८ को परीक्षा चैत्र २८ गते सोमबारबाट सुरू हुँदैछ ।

चन्द्रागिरि नगरका विद्यालयमा कक्षा ८ को परीक्षा चैत्र २८ गतेबाट (तालिका सहित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *