चन्द्रागिरि नगरका पुराना फोटा हेर्न बलम्बुमा चहलपहल

Thankot Times

थानकोट, फागुन २१ ।

बलम्बुमा आयोजित  पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीमा स्थानीयहरूको उत्साहजनक सहभागिता पाइएको छ ।

फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित लाछीमा शनिबार आयोजित फोटो प्रदर्शनीमा स्थानीयहरूको चहलपहल बाक्लै देखिन्थ्यो । आफ्नै बस्ती, टोल एवं नगरका पुराना तस्बिर हेर्न सहभागिहरू निकै उत्साहित देखिन्थे ।

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख लिशा नकर्मीले यस खालका कार्यक्रमले नगरको विकासक्रम कता अग्रसर भइरहेको छ भन्ने विषयमा अध्ययन गर्न मजबुत पाठ सिकाएको धारणा राख्नु हुँदै पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीलाई नगरका सबै क्षेत्रमा पुर्याउनु पर्ने विचार राख्नुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी हुनुभएका क्यानेडियन नागरिक लियो गाैलेटले पहिले र अहिलेको चन्द्रागिरिमा कुनै तुलना गर्न नसकिने परिवर्तन देखिएको बताउनुभयो । उहाँ सन् १९७० बाट दश वर्ष मातातीर्थ लगायत नेपालका विभिन्न स्थानमा बस्नुभएको थियो ।

प्रदर्शनी अवलोकनपछि कविता बानियाँ अहिलेको पुस्तालाई पुराना दिनहरूको अवस्था सचित्र देखाउँदा सकरात्मक सन्देश मिल्ने प्रतिक्रृया दिनुभयो ।

थानकोट टाइम्सको मुख्य प्रायोजन रहेको प्रदर्शनी चन्द्रागिरि नगरका थप २ स्थानमा आयोजना हुनेछ । यसअघि फागुन १४ गते प्रदर्शनी चन्द्रागिरि १३ पुरानो नैकापमा आयोजना भएको थियो । नैकापमा आयोजित प्रदर्शनीमा चन्द्रागिरि स्पोर्टस् एकेडेमीले सहजीकरण गरेको थियो भने बलम्बु सहकारी समुहले बलम्बुमा आयोजीत कार्यक्रममा सहजीकरण गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *