गुर्जुधारामा खुल्यो नेपाली काँग्रेसको सम्पर्क कार्यालय

Thankot Times

थानकोट, फागुन २८ ।

चन्द्रागिरि नगरमा राजनीतिक दलहरू स्थानीय चुनावको लागि जोडबलले तयारीमा जुटेका छन् । चन्द्रागिरिका विभिन्न वडाहरूमा इकाई तथा प्रदेश सम्पर्क कार्यालयहरू स्थापनाको क्रमले तिव्रता पाइरहेको छ ।

शनिबार बिहान नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्य तथा काठमाण्डाै क्षेत्र नंं १० का सांसद् राजेन्द्र कुमार केसीको उपस्थितिमा चन्द्रागिरि ०५ को इकाई तथा प्रदेश १० ‘ख’ को सम्पर्क कार्यालय स्थापना गरेको छ । उक्त कार्यक्रममा स्थानीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ । सो सम्पर्क कार्यालय चन्द्रागिरि नगरपालिका ०५ स्थित गुर्जुधारा यातायात कार्यालयसँगै रहनेछ ।


यसअघि शुक्रबार चन्द्रागिरि ९ मच्छेगाउँमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा उक्त पार्टीको इकाई तथा प्रदेश १० ‘ख’ को सम्पर्क कार्यालय सुरू गरिएको थियो। 

 

सबै तस्बिरहरू सामाजिक सञ्जालबाट साभार गरिएका हुन । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *