चेकपोष्टमा पुरानो चन्द्रागिरि हेर्न स्थानीयको भीड

Thankot Times

थानकोट, फागुन २८ ।

बहुप्रतिक्षित पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी अन्तर्गत शनिबार चन्द्रागिरि-०६ चेकपोष्टमा आयोजित कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय उपस्थिति पाइएको छ ।

वडा कार्यालयस्थित स्थानीय भलिबल खेल मैदानमा आयोजित प्रदर्शनीमा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केचहरू सहित १ सय २० वटा पुराना तस्बिरहरू समावेश गरिएका थिए । कार्यक्रममा समावेश भएका तस्बिरहरू खिच्न स्थानीयहरूले निकै समय खर्चिएको देख्न सकिन्थ्यो । चेकपोष्टका विष्णु कार्कीले आफ्नो घर पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीमा देख्दा निकै अच्चमित भएको प्रतिक्रिया दिनुभयो ।

यस क्षेत्रका पुराना तस्बिरहरूको अवलोकन पछि बागमती प्रदेश सांसद रमा आलेमगरले यस खालका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनु हुँदै यस कार्यक्रमलाई अभियानकै रूपमा चन्द्रागिरि नगरका हरेक बस्तीसम्म पुर्याउन सके कार्यक्रमले थप सार्थकता पाउन सक्ने धारणा राख्नुभयो । उहाँले पुराना तस्बिरहरूले स्थानीय सम्पदाहरूको वास्तविक स्वरूपलाई कायम राख्नमा सहयोग पुर्याउन सक्ने बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो । यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप तथा चन्द्रागिरि १२ बलम्बुमा यो कार्यक्रम सम्पन्न भइसकेको थियो जहाँ स्थानीयहरूको उत्साहजन सहभागिता रहेको थियो । आजको प्रदर्शनीमा देउराली युवा जागणरण क्लबले सहजीकरण गरेको बताइएको छ । यसपछि प्रदर्शनी चैत्र ५ गते थानकोट क्षेत्रमा हुने कार्यक्रम संयोजक जीवन नेपालले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


One thought on “चेकपोष्टमा पुरानो चन्द्रागिरि हेर्न स्थानीयको भीड

  1. मैले चै पहिलो प्रदर्शनीमै अवलोकन गर्ने मौका पाइयो । राम्रो र सर्हानिय प्रयास हो यो । अब, अर्को पटककको लागि स्थानिय सरकार मार्फत नै घर घरमा रहेका पुराना फोटोहरु आवश्यक खर्चको व्यवस्था सहित खोजी गरेर प्रदर्शनिको तयारी गरेदेखि अझ राम्रो हुन्छ । सबै घर घर सम्मको पहुच रहने भएकोले स्थानिय सरकारको प्रसङ्ग जोडेको हो । हालको प्रयास हेर्दा फोटोग्राफरको प्रयासमा सिमित रहेको जस्तो लाग्दछ । अर्को भनेको राष्ट्रिय / अन्तर्राष्ट्रिय व्यक्तित्व जसले यो ठाउको इतिहासलाइ उजागर गरेका होलान ; ती पक्षलाई पनि भेट्टाउन सके यो खाले प्रदर्शनी अझ जिवन्त हुन्थ्यो कि । लेख्दा लेख्दै चित्रकलाको पनि सम्झना आयो । यो क्षेत्रको ईतिहास उत्खनन् गर्न एतिहासिक चित्रकलालाइ पनि प्राथमिकतामा राख्नु पर्ला । र अन्त्यमा फोटो प्रदर्शनी हुनु पनि ईतिहास रच्नु हो र यसको अभिलेख राखेर भविष्यको लागि जीवन्त बनाइराख्नु पनि अत्यावश्यक कार्य हो । यसको बिकल्प प्रदर्शनी भएका फोटोहरु समावेश गरेर फोटो बुक निकालेर राख्नु हो । मेरो छोरीले पनि आफ्नो प्रदर्सनिलाइ फोटो बुक बनाएर माग भएनुसार बिक्रि गर्ने गरेकी छिन । यसको सम्भावना कस्तो छ यहाँ !
    यो मेरो बिचारलाइ प्रदर्शनी आयोजक पक्षलाई पनि बाडिदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *