नेपाली काँग्रेसका जिल्ला अधिवेशन सकियो

Thankot Times

थानकोट, फागुन ३० ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा बल्ल सबै जिल्ला अधिवेशन सकिएको छ । सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।

नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जित निकालेका छन् ।

देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरु

१. पाँचथर- रूपनारायण जवेगु
२. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ
३. ओखलढुंगा- तेजेन्द्र खनाल
४. लमजुङ- टकराज गुरूङ
५. सल्यान- केशवबहादुर विष्ट
६. डोल्पा- दीपेन्द्रबहादुर शाही
७. डडेल्धुरा- भीमबहादुर साउद
८. म्याग्दी- खमबहादुर गर्बुजा
९. मुगु- ऐनबहादुर शाही
१०. मनाङ- शंकर गुरूङ देउवा
११. हुम्ला- मोहनविक्रम सिंह
१२. बझाङ- खड्क बोहरा
१३. रामेछाप- पूर्णबहादुर (कान्छाराम) तामाङ
१४. जुम्ला- कर्णबहादुर शाही
१५. जाजरकोट- बेदराज सिंह
१६. डोटी- नरेन्द्रबहादुर सिंह
१७. रूकुम- प्रेमप्रकाश वली
१८. पर्वत- युवराज जोशी
१९. इलाम- डम्बरबहादुर खड्का
२०. सुर्खेत- खड्ग पोखरेल
२१. रूपन्देही- रामकृष्ण खाण
२२. कास्की- किशोरदत्त बराल
२३. काभ्रे- तीर्थ लामा
२४. तनहुँ- जितप्रकाश आले
२५. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ
२६. कञ्चनपुर- पदम बोगटी
२७. उदयपुर- हिमाल कार्की
२८. भक्तपुर- दुर्लभ थापा
२९. बर्दिया- अरूणप्रकाश सिंह राठौर
३०. सोलुखुम्बु- नाम्गेल जाङ्बु शेर्पा
३१. रसुवा- पेम्वाछिरिङ तामाङ
३२. धनकुटा- दिनेश राई
३३. कैलाली- नारायणदत्त भट्ट
३४. मकवानपुर- बुद्ध लामा
३५. पर्सा- जनार्दनसिंह क्षेत्री
३६. सर्लाही- सुरेन्द्रप्रसाद सिंह
३७. रौतहट- सुनिलकुमार यादव
३८. अछाम- पुष्पबहादुर शाह
३९. बारा- राजेश राय यादव
४०.सिरहा- रामचन्द्र यादव
४१. धनुषा- योगेन्द्र पजियार
४२. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ

शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरु

१. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे
२. खोटाङ- विष्णुकुमार राई
३. रोल्पा- किशोर आचार्य
४. भोजपुर- विनोद वान्तवा
५. प्युठान- विष्णुकुमार गिरी
६. अर्घाखाँची- केशव श्रेष्ठ
७. काठमाडौं- कृष्णसबुज बानियाँ
८. बैतडी- चतुरबहादुर चन्द
९. दोलखा- बर्मा लामा
१०. गोरखा- नन्दप्रसाद न्यौपाने
११. कालिकोट- अम्बबहादुर शाही
१२. संखुवासभा- दीपक खड्का
१३. रूकुमपूर्व- केशरमान रोका
१४. मुस्ताङ- रोमीगौचन थकाली
१५. बाजुरा- रामसिंह रावल
१६. नुवाकोट- रमेश महत
१७. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल
१८. पाल्पा- हिमालदत्त श्रेष्ठ
१९. स्याङ्जा- राजु थापा
२०. दार्चुला- ललितसिंह बोहरा
२१. दाङ- शंकरप्रसाद डाँगी
२२. दैलेख- मणिराम रेग्मी
२३. गुल्मी- खिलध्वज पन्थी
२४. धादिङ- रामनाथ अधिकारी
२५. सुनसरी- केदार भण्डारी
२६. कपिलवस्तु- अब्दुल कलाम खाँ
२७. चितवन- राजेश्वर खनाल
२८. महोत्तरी- नागेश्वर यादव
२९. सिन्धुली- उपेन्द्र पोखरेल
३०. सप्तरी- रामदेव साह
३१. मोरङ- डिगबहादुर लिम्बू
३२. बाँके – नारायण गौडेल
३३. नवलपुर- महेन्द्रध्वज जिसी

सिटौला पक्ष

१. झापा- देउमान थेबे
२. बागलुङ- जित शेरचन


Leave a Reply

Your email address will not be published. Required fields are marked *