धनबहादुर स्मृति कराँते प्रतियोगिता सुरू (फोटो फिचर)

Thankot Times

थानकोट ।

साताैं धनबहादुर स्मृति कराँते प्रतियोगिता शुक्रबारबाट सुरू भएको छ । चन्द्रागिरि १० बोसिगाउँमा सुरू भएको प्रतियोगितामा विभिन्न उमेर समुहका करिब १ सय बीस जना प्रतियोगीले सहभागिता जनाउँदैछन् । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै यस खालका प्रतियोगिताका बारेमा नगरले सक्दो सहयोग पुर्याउँदै आएको र अब चुनिने जनप्रतिनिधि ले पनि सहयोग गर्ने विश्वास लिएको बताउनुभयो ।

चन्द्रागिरि नगरमा कराँते खेलको जग बसाल्ने धनबहादुर महर्जनको स्मृतिमा हरेक साल यस प्रतियोगिता हुँदै आएको छ ।  कार्यक्रम शनिबार सम्पन्न हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *