घरेलु मैदानमा नेपालले जित्यो त्रि-देशीय क्रिकेट सिरिज

Thankot Times

थानकोट ।

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधी घरेलु टोली नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले पिएनजीमाथि ५० रनले  पराजित गरेको हो ।

लिग चरणमा सबै ४ खेल जितेको नेपालले लिग चरणका दुवै खेलमा पिएनजीलाई पराजित गरेको थियो। नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज जितेको थियो।

नेपालको जितमा  दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रह्यो उनको अविजित ५४ रन मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *