अब मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै भवन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको एकमात्र आयुर्वेद औषधालय चन्द्रागिरि ०८ मातातीर्थस्थित आयुर्वेद औषधालयले मंगलबारबाट आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

मंगलबार उक्त कार्यालयको नवनिर्मित भवन चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले एक समारोहबीच उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा चन्द्रागिरि नगरपालिका उपप्रमुख लिशा नकर्मी, प्रवक्ता एवं चन्द्रागिरि ११ का वडाध्यक्ष हरिभक्त महर्जन, चन्द्रागिरि ०८ का वडाध्यक्ष सन्तोष खड्का लगायतको उपस्थिति रहेको थियो ।

हाल काठमाडौँका पाँच स्थानीय तहमा आयुर्वेद औषधालय छन् । कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय संरचनामा जानु अघि पाँचवटै कार्यालय बाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । यी सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *