बिहीबार थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ३ स्थित थानकोट स्वास्थ्य चाैकीले एम्बुलेन्स सेवा सुरू गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ कार्यालयले उक्त स्वास्थ्य चाैकीलाई बिहीबार बिहान एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

वडाध्यक्ष दुर्गालाल महर्जनका अनुसार संघीय सांसद् राजेन्द्रकुमार केसीको उपस्थितिमा वडा कार्यालयले गणेशस्थानमा एक कार्यक्रमका बीच स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *