चन्द्रागिरि साकोसले आयोजना गरेको रक्तदानमा उल्लेख्य सहभागिता

Thankot Times

थानकोट, वैशाख ३ ।

थानकोट चेकपोष्टस्थित चन्द्रागिरि सहकारीले स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९३ जनाले सहभागिता जनाएका छन् ।

कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा संस्थाको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा संस्थाका सदस्य एवं शुभेच्छुकहरूको सहभागिता रहेको बताइएको छ ।

१८ हजार भन्दा धेरै शेयर सदस्य रहेका चन्द्रागिरि सहकारीले स्थापना दिवसका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

२०५८ वैशाख ६ गते स्थापना भएको चन्द्रागिरि सहकारी मुलुकभरका उत्कृष्ठ सहकारीका रूपमा परिचित छ ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *