देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Thankot Times

थानकोट, वैशाख ५ ।

सरकारले वैशाख ६ र ७ मा पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।

राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले जनाएको छ।

पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको शाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *