नेपालमा थप १८ जनामा कोरोना संक्रमण, देशभर २ सय ८३ जना सक्रिय संक्रमित

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने बिरामीको दर ९८.८ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता ४ करोड १० लाख ७५ हजार ७८२ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *