एसइई परीक्षाः अनिवार्य गणित विषयको परीक्षा सम्पन्न

Thankot Times

थानकोट ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आइतबार अनिवार्य गणित विषयको परीक्षा सम्पन्न भएको छ । चन्द्रागिरि नगरका विभिन्न ४७ वटा विद्यालयका १ हजार ६ सय  १३ जना परीक्षार्थीले विभिन्न पाँच परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । चारवटा सरकारी विद्यालयमा परीक्षा केन्द्र रहेको चन्द्रागिरि नगरमा पहिलोपटक संस्थागत विद्यालयमा समेत परीक्षा केन्द्र कायम गरिएको छ ।

दोश्रो दिनको परीक्षा शान्त वातवरणमा सम्पन्न भएको सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले जानकारी दिएका छन् । एसईई अन्तर्गत सोमबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *