चन्द्रागिरि नगरपालिकामा निर्वाचन सम्पन्न नहुँदासम्म यी सेवा स्थगित हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको कार्यालयबाट सम्पादन हुने केही कार्यहरू स्थानीय तह  निर्वाचन सम्पन्न नहुँदासम्म केही सेवाहरू स्थगित गरिने भएको छ ।

स्थानीय निर्वाचनको मूल प्रकृया आरम्भ भएकोले तथा निर्वाचन आयोगबाट जारी आचारसंहिताको परिपालना गर्नका लागि नगरपालिकाबाट सम्पादन हुने योजना तथा कार्यक्रमहरूको सम्झाैता, अनुगमन, मूल्यांकन, भुक्तानी लगायतको कार्य स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
स्थगित गरिएका विषयहरू मतदान कार्यक्रम समाप्त भएसँगै पुनः सुचारू हुने बताइएको छ ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *